परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायत सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले सो कुरा बताएका हुन् ।

नेपाल बेलायतबीचको प्राविधिक समितिको फागुन २१ गते बैठकमा प्रगति देखिए पनि समान पेन्सनसम्बन्धी माग सम्बोधन हुन नसकेको उनले बताए ।

सोही समितिको बैठकमा चैत ११ गते आफू लण्डनमा हुने र त्यहाँ पनि भूतपूर्व गोरखा सैनिकका मागका विषय उठाउने पनि परराष्ट्रमन्त्रीले जानकारी दिए ।