नयाँ गठवन्धन हुदै तीन मन्त्रीको शपथ गराउन प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई भेट
२०८० फाल्गुन २१, सोमबार १३:३५
नेपाली राजनीतिमा थप नयाँ तरगं पैदा भएकाे छ । सरकार संचालन रहेका दलहरूकाे गठवन्धन परिवर्तन हुने भएको छ ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता गर्न शीतल निवास पुगेका छन्
उनलेे राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए
साथै स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराए
प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई दिएका छन्




