काग्रेसले सरकारलाई दिएको औपचारिक रुपमा फिर्ता
२०८० फाल्गुन २३, बुधबार ०६:३५
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले यसअघि सरकारलाई दिएको समर्थन अहिले फिर्ता भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेस नेतृत्वको गठबन्धनसँगको सम्बन्ध तोडेर नेकपा एमाले र अन्य दलसँग नयाँ गठबन्धन बनाएर कांग्रेसलाई निर्णय गर्न प्रेरित गरेका थिए ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल सम्मिलित नयाँ गठबन्धन बनेपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले आफ्नो कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सरकार।
‘निर्वाचन र सरकार गठनका बेला हामीले प्रधानमन्त्री प्रचण्ड र उहाँको पार्टीलाई समर्थन गरेका थियौं, उहाँलाई विश्वासको मतसमेत दियौं, तर अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । आजको बैठकमा निर्णय भएको गुरुङले बताए ।
कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । उनले नेपाली कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहेको बताए ।




