प्रतिनिधिसभाको आजको बैठकमा संसदको महिला तथा सामाजिक समितिले आफ्नो वार्षिक प्रतिवेदन  पेस गरेको छ ।

समितिका अध्यक्ष किरणकुमार साहले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गते बस्नेछ ।

यसैबीच लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन  आज राष्ट्रियसभाको बैठकमा पेस गरिएको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रियसभाको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले अनुगमन तथा मूल्याङ्कन विधेयक माथि प्रतिनिधिसभाबाट प्राप्त सन्देश साझा गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइन् ।