नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा चिनियाँ राजदूत चेनले उपप्रधानमन्त्री तथा एफएम श्रेष्ठलाई पदमा नियुक्ति भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

उपप्रधानमन्त्री र एफएम श्रेष्ठले हिजो बुधबार मात्रै पदभार ग्रहण गरेका हुन् ।

यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि उपप्रधानमन्त्री तथा एफएम श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।