नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी महिला सशक्तीकरण र चेतनाको अगाडि रहेको बताउनुभएको छ ।

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सामाजिक रुपान्तरण, महिला चेतना र सामाजिक न्यायको अभियानमा आफ्नो पार्टी सदैव अगाडि रहने बताउनुभयो ।

उनले तीनै तहका जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला र राज्यका निकायमा ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गर्ने विषयलाई उपलब्धिको रूपमा लिनुपर्नेमा जोड दिए।

त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले ‘संघर्षशील युद्धहरू’ अनावरण गर्नुका साथै सामाजिक अभियन्ता, उत्कृष्ट अनुसन्धानकर्ता र कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनेलाई सम्मान गरेका थिए ।

प्रेरणादायी महिला धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वन्यजन्तु फोटोग्राफर बिनिता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी शान्ति चड्डा, राजनीतिज्ञ सोना छेदुङ लामा, बहादुर बस चालक रेणुका थापा, डाक्टर तुलसी शाही, मानव बेचबिखनविरुद्धको अभियानका चरीमायाङ र समाजसेवी चरिमाङ लगायतको सहभागिता रहेको छ । सो अवसरमा सम्मान गरिएको थियो ।

केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक रुपान्तरण र महिला चेतनामा योगदान पुर्याउने महिलालाई आगामी दिनमा पनि सम्मान गरिने बताइन् 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येकी एक मोतीदेवी श्रेष्ठको सम्झनामा केन्द्रको स्थापना भएको हो ।