नयाँ गठवन्धनकाे परिवर्तन संगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।

आज राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको  काठमाडौँमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गर्याे ।

त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा आफूले निर्णय लिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन्