पाँच दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच मंगलबार सातबुँदे सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलबीच सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्षबीच सहमति भएको छ 

 उपेन्द्र यादवले जनताको आवश्यकता अनुरुप सुशासन कायम गरी नेपालको संविधानको मर्म र भावनालाई ख्याल गरी अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन र विस्तार गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा अघि बढ्ने बताए ।

 विकास र सामाजिक न्यायको आकांक्षा, राष्ट्रिय हित र सरोकारवालालाई प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्दै जानेछ 

त्यसैगरी राष्ट्रियसभाका रिक्त सिटमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई समर्थन गर्दै यस विषयमा सहमतिमा आएर छलफल शुरु गरी ढिलाइ अन्त्य गर्ने पाँच दलबीच सहमति भएको छ ।

 नयाँ गठबन्धन सरकारका लागि सकारात्मक रहेका दलहरूसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र मुलुकमा दिगो शान्ति कायम गर्नका लागि सहमति जुटेको छ