लाेकतन्त्रीक पद्धतिकाे ठूलो चुनावकाे रूपमा भारतीय चुनावकाे निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा भएको छ 

उक्त लोकसभा चुनाव सात चरणमा हुनेछ। 

जुन निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ । 

दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ साथै तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान गरिनेछ ।

चुनावलाई तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

यश निर्वाचनमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । यसको  १.५ करोड चुनावी कर्मचारी लाग्नेछ ।

साे निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिनेछ ।

यस चुनावमा महिला मतदाताको संख्या ४७ करोड नजिक छ । उक्त  चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्ने पाउनेछन् ।