उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग युएस कमर्स फर इन्टेलेक्चुअल प्रोपर्टीका उपसचिव तथा युनाइटेड स्टेट्स प्याटेन्ट एण्ड ट्रेडमार्क (युएसपीटीओ) का निर्देशक काथी भिडालले आज भेटवार्ता गरेका छन् ।

वाणिज्य मन्त्रालयमा भएको भेटमा उनीहरुबीच बौद्धिक सम्पदाको प्रवद्र्धनका लागि द्विपक्षीय सहकार्यका लागि समझदारीपत्र आदानप्रदान भएको हो ।

मन्त्रीले नेपालमा बौद्धिक सम्पदाको सिर्जना र प्रवद्र्धन गरी व्यापार र लगानीमा यसको फाइदा उठाउनु पर्नेमा जोड दिए । “हामी सम्झौताको धारा ६६.२ र पहुँच र लाभ-साझेदारीमा नागोया प्रोटोकल द्वारा प्रदान गरिएका सुविधाहरूको लाभ उठाउन अमेरिकी सरकारबाट निरन्तर सहयोगको अपेक्षा गर्दछौं,” मन्त्रीले भनेको छन् ।

यस क्षेत्रमा सम्भावित अवसरलाई सदुपयोग गर्न नेपालले बौद्धिक सम्पदासम्बन्धी नीति बनाएको बताउँदै उनले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐनलाई विस्थापित गर्न औद्योगिक सम्पत्ति ऐन तर्जुमा गर्ने काम भइरहेको बताए ।

मन्त्रीले युएसपीटीओसँगको राम्रो अभ्यास र सहकार्यबाट नेपालले बौद्धिक सम्पदाका विभिन्न पक्षमा फाइदा लिन सक्ने विश्वास व्यक्त गरे । समझदारी पत्रले नेपालको बौद्धिक सम्पदा संरक्षण ब्यूरोको विकासमा योगदान पुर्याउने र यसका कार्यदलको क्षमता अभिवृद्धि गरी लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

साथै मन्त्री ज्ञवालीले अमेरिकी लगानीकर्ताहरुलाई नेपाललाई लगानीको गन्तव्यका रुपमा विश्वस्त रुपमा लिन आग्रह गरे । जवाफमा, भिडालले नेपालमा लगानी बढाउन अमेरिकी सरकारको सकारात्मक अडान व्यक्त गर्दै नेपालसँग सहकार्य गर्न युएसपीटीओको तत्परताको पुष्टि गरे।