सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा प्रा संगीता सिंह (काठमाडौं), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे (ललितपुर)लाई नियुक्त गरेको सञ्चारमन्त्री र सूचना प्रविधि मन्त्री रेखा शर्मा जानकारी दिईन् 

त्यसैगरी बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र तीन नेपालीलाई सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि आवश्यक रोयल्टी मिनाहा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले नेपाल प्रशासन सेवामा रिक्त सचिव पदमा (राजपत्रित विशेष वर्ग) चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।