राष्ट्रिय भूमि आयोग खारेज
२०८० चैत्र ८, बिहीबार १९:५६
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्याे । आज
बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी गराए ।
नयाँ गठवन्धन निर्माण संगै सत्ता गठबन्धन फेरिएकाेले नयाँ आयोग गठन गर्ने सरकारले तयारीमा छ साथै भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए ।
उक्त आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम गरिरहेका थिए।




