नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।

शुक्रबार प्रदेश प्रमुखलाई सम्बोधन गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ, ‘प्रदेशको मुख्यमन्त्री नियुक्तिका सम्बन्धमा संविधानको धारा १६८ मा व्यवस्था भएबमोजिम नेपाली कांग्रेस संसदीय दलले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

संघीय स्तरमा पछिल्लो समय पुनर्संरचनापछि मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार नेपाली कांग्रेस आबद्ध तीन मन्त्रीलाई मन्त्रिपरिषद्बाट बर्खास्त गरेका थिए ।

त्यसलगत्तै मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई हटाएर सोही दिन नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका थिए ।