नयाँ राजनीति सत्ता समिकरण फेरिए पछि हुने उपनिर्वाचनमा इलाम-२ मा नेकपा एमालेले उम्मेदवार टुंगो लगायाे 

आज बसेको पार्टीको सचिवालय बैठकले पुर्व सभामुख सुवास नेम्वाङ छाेरा सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वताए 

‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले जनाएका छन् 

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।