परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता
२०८० चैत्र १३, मंगलवार २१:०४
चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्याङ्कन गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै नेताले आयोजनाको द्रुत कार्यान्वयनमा पनि जोड दिए ।




