प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल भएको छ ।

  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद् सुचारु र अन्य समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।