आज काठमाडौमा आयोजित वी पी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने समेत दाबी गरेका छन् 

डा शेखरले भने केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने बताए । साथै  गठबन्धन नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको दाबी छ । 

उनले पीडित मैत्री कानून भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट गरेका छन् ।

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाको भनाइ थियो 

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे ।

उनले भने, ‘हामीहरू गठबन्धनमा जानुहुँदैन । जान्दैनौँ । अबदेखि हामी एक्लै चुनाव लड्छौँ भन्ने प्रण हामी गर्छौँ । ढुक्क हुनुहोस्-नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ ।’

नेता कोइरालाले पीडित मैत्री भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।

साे सभामा  केन्द्रीय सदस्यहरु- अर्जुननरसिंह केसी, गोबिन्द भट्टराई, प्रदिप पौडेल, उमेशजंग रायमाझी, अस्पतालका अध्यक्ष डा सुधार अधिकारीले सम्वाेधन गरेका गरे