सरकारले पेश गरेको सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा वसेकाे छ ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी रहेका छन् ।

आजको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । बैठक अघि रिपोटर्स क्लबको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रियासँगै संवैधानिक परिषद् सम्बन्धित विषयमा छलफल हुने बताएका थिए ।