अर्थमन्त्रीसंग हर्कले भेट गरे
२०८० चैत्र १८, आईतवार १९:४१
धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङसंग अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले भेटवार्ता गरेका छन् । पुनले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए।
अर्थमन्त्रीलाई बधाई दिन मन्त्रालय पुगेका मेयर हर्क साम्पाङसंग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफूलाइ सबै जानकारी गराएकाे छन्
अर्थमन्त्री पुनले सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको साम्पाङसंगको भेटमा बताए। धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ भनी पुनले वताए ।




