भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मेरठबाट उत्तर प्रदेशमा बीजेपीको लोकसभा चुनावी अभियान सुरु गर्ने भएका छन् । 

अभियान उद्घाटन गर्दै मोदीले आगामी आम चुनाव सरकार छनोटका लागि मात्रै नभएर विकसित भारत बनाउनका लागि भएको बताएका छन् । उनले आफ्नो सरकार तेस्रो कार्यकालका लागि तयार रहेको बताए ।

“हामी आगामी पाँच वर्षको रोडम्याप तयार गर्दै छौँ । हामी हाम्रो अर्को कार्यकालको पहिलो १०० दिनमा गर्न आवश्यक पर्ने ठूला निर्णयहरूमा काम गरिरहेका छौँ । विगत १० वर्षको विकासको गति अझै द्रुत हुनेछ,” मोदीले भनेका छन् ।

तल्लो सदनमा सबैभन्दा बढी सिट भएको राज्यको वाराणसी निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री मोदी आफैं तेस्रो पटक चुनाव लड्दैछन्। भाजपाले टिभी सिरियल ‘रामायण’ फेम अभिनेता अरुण गोविललाई मेरठबाट उम्मेदवार बनाएको छ ।

साे समारोहमा  गोभिल बाहेक, राष्ट्रिय लोक दलका अध्यक्ष जयन्त चौधरी, जो भर्खरै भाजपा नेतृत्वको एनडीएमा सामेल भएका थिए  ।

यसअघि सन् २०१४ र २०१९ मा पनि मोदीले मेरठबाटै चुनावी अभियान सुरु गरेका थिए ।