खखडेहरा पर्वका मनाउँदै सुदूरपश्चिमका थारू
२०८० चैत्र १९, सोमबार ११:२०
आज कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदै छन्
रानाथारु समुदायले एक महिना ८ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिन सोमबार खखडेहरा पर्व मनाउँछन् ।
उक्त अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
समुदायले फागुन १२ गते पूर्णिमाको रातिदेखि होरी मनाउन थालेको हो । २ चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदायले पहिलो चरण अन्तर्गत फागुन पूर्णिमा (१२ गते) देखि चैत पूर्णिमा (१२ गते) सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाएको छ ।




