वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत
२०८० चैत्र १९, सोमबार २१:१४
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आइतबार विश्वासको मत प्राप्त गरेका छन् ।
उनको पक्षमा वाग्मती प्रदेशसभाका ५६ सदस्यले मतदान गरेका थिए ।
वाग्मती प्रदेश सभाका सभामुखले प्रदेश सभामा स्थायी सदस्यको बहुमतका कारण मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत प्राप्त गरेको पुष्टि गरे ।
मुख्यमन्त्री जमकट्टेलले नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, हाम्रो नेपाली पार्टीका २ र नेकपा एकीकृत समाजवादी पार्टी नेपालका ७ जनाले विश्वासको मत लिएका छन् । तर, नेपाली कांग्रेसका ३७ सदस्यले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गरेका थिए ।
प्रदेशसभामा आज भएको विश्वासको प्रस्तावमा दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले तटस्थ रहने निर्णय गरेका छन् ।




