सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु
२०८० चैत्र २३, शुक्रबार २१:४१
सुनसरी जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुसार शुक्रबार साँझ ५ बजेदेखि लागू हुनेगरी इनरुवा नगरपालिका र हरिनगर, देवगन्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकाका लागि आदेश जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुरक्षा संवेदनशीलता र सम्भावित जनधनको क्षतिलाई ध्यानमा राखी कर्फ्यु आदेश गरिएको हो । अर्को सूचना नआएसम्म लागू रहनेछ।
दुई स्थानीय समुदायबीचको झडपका कारण उत्पन्न तनावपछि कर्फ्यू लागू गरिएको जनाइएको छ ।




