कृषक मैत्री वैकले चिनिने कृषि विकास बैंकले कर्जासम्बन्धी नयाँ सुविधा सुरु गरेको छ । ‘एडीबीएल स्मार्ट एप’मार्फत नयाँ सुविधा सुरु गर्याे ।

जुन सुविधामार्फत योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना धितो, कुनै कागजी कार्य तथा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न हुनेछ ।

बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरूले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन सकिने बताए ।

साे कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९ र १२ महिना तय गर्न सक्नेछन् । पूर्व भुक्तानीको विकल्प पनि रहने बैंकले जानकारी दिए 

एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरूले बाई नाओ, पे लेटर (बीएनपीएल) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस सेवा प्रयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन् ।

कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्त् तय गरिने बताइएको छ ।