कोशी आरक्षणमा जिप सफारीको सुरुवात
२०८० चैत्र २६, सोमबार ११:३७
कोशी टप्पु बन्यजन्तु आरक्षमा जंगल सफारी हुने भएको छ । साे जंगल सफारीको कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले उद्घाटन गर्नुभयो
अहिलेको आर्थिक मन्दीमा पनि प्रदेशकै नाम चिनाउन र पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित जंगल सफारीको सुरुवात भएको मुख्यमन्त्री कार्की ले वताए
धार्मिक हिसाबले पनि महत्वपुर्ण मानिने चतराक्षेत्रमा आउने पर्यटकलाई जल तथा जंगल सफारीले पर्यटन प्रवर्द्धन मात्र नभएर यस क्षेत्रको पहिचानलाई अझ माथी पुर्याउने मुख्यमन्त्री कार्कीले बिश्वास व्यक्त गर्नु भएको छ
बेलका नगरपालिका वडा नं ८ मा बेलका विच होटल संचालन गर्दै आएका रमण भट्टराईले पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित व्यवसायीक जंगल सफारी सुरु गर्नु भएको हो । उनलेे युवा आरक्षमा सफारीले यस क्षेत्रमा पर्यटन आगमन वढाउनेछ भनी जनाए ।




