कोशी प्रदेशमा वैशाख ६ विशेष अधिवेशन आह्वान
२०८० चैत्र २८, बुधबार २०:१२
कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक चौथाइ प्रदेशसभा सदस्यको आग्रहमा वैशाख ६ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।
तर नेकपा–एमाले र नेकपा–माओवादी केन्द्रका सांसदहरुले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन गरेको मागको जवाफमा प्रदेश प्रमुखले प्रदेश सरकारले सिफारिस गरेको कार्यतालिकाभन्दा एक महिना अगाडि नै अधिवेशन आह्वान गरेका छन् ।




