राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
२०८० चैत्र २८, बुधबार २०:२७
राष्ट्रियसभाको उपसभापतिमा नेकपा एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन् ।
घिमिरेले ३९ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई मात्र १६ मत प्राप्त गरेकी थिइन् ।
एमालेको समर्थनसँगै घिमिरेले नेकपा–माओवादी केन्द्र, नेकपा–एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट मत पाएका छन् ।
मतदान प्रक्रियामा कुल ५५ सांसदले भाग लिएका थिए ।
घिमिरेले नेकपा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसदको मत ल्याएका थिए ।
एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका घिमिरे राष्ट्रिय सभामा कपिलवस्तु जिल्लाबाट प्रतिनिधित्व गर्छन् ।




