अचानक आएको मौसम परिवर्तनले आज दिउँसोदेखि नै देशको उडान प्रभावित भएको छ ।
दिउँसो अचानक आएको हावाहुरीका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।
उनका अनुसार आन्तरिक उडानलाई डाइभर्ट गरिएको छ भने कतिपय अन्तर्राष्ट्रिय उडान स्थगित गर्न भनिएको छ भने कतिपयलाई विभिन्न गन्तव्यतर्फ पठाइएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको विमान भैरहवा फर्किनुपरेको थियो भने सिमराबाट काठमाडौं आउँदै गरेको सोही कम्पनीको विमान फेरि सिमरातर्फ डाइभर्ट गरिएको थियो ।
त्यस्तै, प्रतिकूल मौसमका कारण यति एयरलाइन्सले पनि काठमाडौं–पोखरा उडान पूरा गर्न सकेन ।