सडक सञ्जालमा सुरुङमार्गले महत्वपूर्ण भूमिका खेल्छ : प्रधानमन्त्री प्रचण्ड
२०८१ बैशाख ३, सोमबार १९:२५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक सञ्जाल विस्तारमा सुरुङमार्ग निर्माणको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नागढुङ्गा सुरुङमार्गको आज लोकार्पणका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पूर्वाधार विकासको क्षेत्रमा यो उपलब्धि महत्वपूर्ण रहेको बताए ।
यस किसिमको सडक सञ्जालले सहज र किफायती यात्राका लागि अन्तरसम्बन्ध प्रवर्द्धन, भौगोलिक र लोकतान्त्रिक निकटता प्रवद्र्धन गर्न र विकासका दृष्टिले प्रदेश सन्तुलन कायम गर्ने राष्ट्रिय लक्ष्यहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्रीको भनाइ छ ।
उन्नत सडक सञ्जाल स्थापना गर्न राष्ट्रिय राजमार्गमा सुरुङ मार्ग, फ्लाईओभर र अन्डरपास निर्माणलाई सरकारले प्राथमिकता दिने नीति लिने उनले बताए ।
त्यस्तै, सरकार प्रमुखले पछिल्लो आर्थिक परिसूचकले समृद्धिको प्रयासमा आशाको सङ्केत दिएको बताउनुभयो ।
राजस्व संकलनमा सुधार भइरहेको उनको दाबी छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनसँगै इन्धन आयातमा आएको कमी, सिमेन्ट निर्यातमा उल्लेख्य प्रगति, नालीदार जस्ता पाना तथा स्टिलको निर्यातमा भएको वृद्धि, पर्यटक आगमनमा भएको वृद्धि र काठमाडौं उपत्यकाबाहिर आवास तथा अपार्टमेन्ट व्यवसायको विस्तार भएको हो ।




