नवनियुक्त महालेखा परीक्षक तोयाम रायले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो