प्रदेश न एक नामांकरण विषयमा सिडियाेद्वारा सुचना जारी
२०७९ फाल्गुन १७, बुधबार १७:१६
प्रदेश न एक काे नामांकित गर्ने प्रस्ताव प्रदेश सभाकाे कार्यसुचिमा परि छलफलकाे चरणमा पुगेको अवस्थामा
हुन सक्ने विवाद ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय, मोरङ्गबाट निषेधित क्षेत्र तोकिएको छ ।
प्रदेश नं. १ को प्रदेशसभामा नामांकनको विषय मिति २०७९।११।१७ गते कार्यसूचि भित्र रही छलफल हुने भएकोले नामांकनको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामांकरण भएपश्चात् पनि असहमत पक्ष (विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्था) बाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मा. मुख्यमन्त्रीज्यूको निवास वरवर मिति २०७९।११।१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस भेला न्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) वमोजिम निषेध गरिएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेशको उलंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ भनी प्रमुख जिल्ला अधिकारी माेरङ तिर्थराज भट्टराई जारि सुचनापत्र प्रकाशित भएको छ




