चीनले नेपाली लागि भिसा शुल्क मिनाहा
२०८१ बैशाख १६, आईतवार १६:५२
चीनले मे १ गतेदेखि नेपाली नागरिकका लागि भिसा शुल्क मिनाहा गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार नेपाल र चीनबीचको मित्रतालाई प्रगाढ बनाउन र कर्मचारी आदानप्रदानलाई सहज बनाउन यो पहल गरिएको हो ।
एक्सप्रेस शुल्क र सेवा शुल्क अझै लाग्ने दूतावासले जनाएको छ ।




