आज अन्तर्राष्ट्रिय श्रमिक दिवस वा मे दिवस
२०८१ बैशाख १९, बुधबार १०:२५
‘इतिहास, उपलब्धि र अगाडिको बाटो’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय श्रमिक दिवस वा मे दिवस मनाइँदैछ ।
यस दिनलाई विश्वभरका मजदुरहरूले आपसी एकता र ऐक्यबद्धताका साथ श्रम अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सबैलाई सचेत गराउने अवसरका रूपमा लिने गर्दछन् ।
यो दिनले सम्मानजनक काम र उचित पारिश्रमिकको हक स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिहरूको स्मरण गराइनेछ ।
नेपालको संविधानले प्रत्येक श्रमिकलाई नागरिकको रोजगारीको हक र उचित पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ ।
मे दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संयुक्त ट्रेड युनियन समन्वय समितिले आज भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रमअघि नयाँ सडकबाट र्याली निकालिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए ।
श्रम अधिकारको माग गर्दै संयुक्त राज्य अमेरिकामा लागू गरिएको आम हड्तालको सम्झनामा १ मे १८८१ मा यो दिन मनाइयो।




