सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको छ ।

हालको नक्सालाई नोटमा अद्यावधिक गरिएको संस्करणले प्रतिस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई अधिकार दिइएको छ ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ताले वैशाख १३ र  २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पुष्टि गरेका हुन् ।

नेपालको परिमार्जित नक्सामा सुदूरपश्चिमका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो भूभागका रूपमा समेटिएको छ ।