आज कोशीमा पानी पर्ने सम्भावना
२०८१ बैशाख २३, आईतवार ०९:३५आज देशको पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाका अनुसार कोशी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनीको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशका पहाडी भूभागका थोरै स्थानहरुमा र कोशीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।




