जापानी विदेशमन्त्री कामिकावा काठमाडौं आइपुगिन्
२०८१ बैशाख २३, आईतवार १४:२०जापानका विदेशमन्त्री योको कामिकावा एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिएको निमन्त्रणामा योको नेपाल आएको हो ।
उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले न्यानो स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री योकोको भ्रमण तालिकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज नै शिष्टाचार भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, परराष्ट्रमन्त्री श्रेष्ठसँगको द्विपक्षीय औपचारिक वार्ता पनि एजेण्डामा रहेको छ, जसमा नेपाल–जापान सम्बन्धका सबै पक्षको गहन समीक्षा हुनेछ ।
साथै, अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
योको नेपाल–जापान सम्बन्ध स्थापना भएयता नेपाल भ्रमण गर्ने चौथो विदेशमन्त्री हुन् ।




