उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कमिटीको गठन गरेको छ ।

आइतबार खुसिबुमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।

संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ र केन्द्रीय समितिको अध्यक्षमा अशोक राई नियुक्त भएका छन् ।