जडीबुटी निर्यातको मुख्य प्रवेशद्वार नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढीको जडिबुटी निकासी भएको छ ।

विभिन्न समस्या र अवरोधका बाबजुद पनि चालू आवको साउनदेखि फागुनसम्मको नौ महिनामा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार आन्तरिक तथा बाह्य क्षेत्रमा निकासीमा देखिएको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडभन्दा बढीको जडिबुटी निकासी गर्न सफल भएका छन् ।

अध्यक्ष शर्माले नेपाली जडिबुटीप्रति भारतको जटिल प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटीको निर्यात हरेक वर्ष घट्दै गएको तर यस वर्षदेखि फेरि बढ्ने संकेत देखिएको बताए ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०/८१ चैत मसान्तसम्म यस सीमा नाकाबाट गत चैत मसान्तसम्म रु ७० करोड ९६१ हजार रुपैयाँ बराबरको २० लाख ८० हजार ८३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो । ।

कर्णाली प्रदेशलगायत पहाडी जिल्लामा उत्पादित जडीबुटीको भण्डारण र निकासीका लागि नेपालगन्ज प्रमुख नाका हो । नेपालगन्ज हुँदै भारतसहित विभिन्न देशमा जडिबुटी निकासी हुने गरेको छ । यस च्यानलबाट सबैभन्दा बढी तिम्मुर (वनस्पति नाम जान्थोक्साइलम आर्मेटम), रिथा (सपिन्डस मुकोरोसी) र काउलो (म्याचिलस ओडोराटिसिमा) निर्यात भइरहेको छ।

औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग हुने यी जडीबुटी भारतमा मात्र नभई जर्मनी, बंगलादेशलगायत तेस्रो मुलुकमा पनि निकासी हुने गरेको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने तिमुर, कौलो र रिठालाई त्यहाँबाट व्यवसायीले खरिद गरी विदेश निर्यात गर्ने गरेका छन् । तर निकासीका क्रममा केही वर्षयता जडीबुटी व्यवसायीले विभिन्न समस्या झेल्नुपरेको र समस्या झनै कठिन बन्दै गएको जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए ।