कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजेका लागि कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्रीले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनलाई नेकपा (एमाले)का ३९ र नेकपा (माओवादी केन्द्र)का १३ गरी ५२ प्रदेशसभा सदस्यको समर्थन छ ।

संविधानको धारा १६८ को उपधारा ४ र कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने व्यवस्था मिलाइएको छ ।