कामीरिताले कीर्तिमानी २९ औं पटक सगरमाथाको आरोहण
२०८१ बैशाख ३१, सोमबार १०:०९
पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २९ पटक सगरमाथाको आरोहण गरी अर्को कीर्तिमान कायम गरेका छन् ।
शेर्पाले आइतबार बिहान यो उपलब्धि हासिल गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र सेभेन समिट ट्रेकका लागि शेर्पाले वरिष्ठ गाईडका रूपमा काम गर्दै आएका दुवैले शेर्पाको २९औँ शिखर चुमेको पुष्टि गरेका छन् ।
‘आइतबार बिहान कामीरिता शेर्पाले २९ औँ पटक सगरमाथा आरोहण गरेका थिए र अहिले उनी ओर्लिरहेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्वतारोहण शाखाका प्रमुख राकेश गुरुङले वताए ।
कामीरिताले मे १३, १९९४ मा पहिलो पटक ८८४८.८६ मिटर अग्लो चुचुरो आरोहण गरेका थिए र मे २३, २०२३ मा २८ औं पटक विश्वको सर्वोच्च शिखरमा पुगेका थिए। उनले सन् २०२३ मा एउटै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका थिए ।
मे १७ र २३ र २०१९ मा—मे १५ र मे २१ मा कामी रीता पछि, पासाङ देवा माउन्ट एभरेष्ट मा अनुमोदन को उच्चतम रेकर्ड राखे उनले २०२३ सम्म २७ पटक शिखर मापन गरे।




