प्राज्ञ ज्ञानमणि नेपालकाे निधन
२०८१ जेष्ठ १, मंगलवार १३:२०
नेपालका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भयो ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।
उनको शुक्रबारदेखि सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि स्वास्थ्यमा सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले वताए ।
भोजपुरमा जन्मिएर खोटाडमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेर काठमाडौंमा आएर इतिहासप्रति अभिरुचि राखेर, ज्ञानमणिजीले जुन अध्ययन गरेर अनेकौं कृति प्रकाशन गर्नुभएको छ, त्यो नेपालको सम्पत्ति बन्न पुगेको छ।
भोजपुर, खोटाङमा आफ्नो पृष्ठभूमि बनाइसकेपछि वि.सं. २००४ सालमा काठमाडौं आएपछि रानीपोखरी संस्कृत पाठशालामा धेरै सजिलो बन्न पुगेकाले उहाँकै विद्वताकै कारण नयराज पन्त, पं खगेश्वर न्याैपाने, शेषराज रेग्मी जस्ता विद्वान्हरूको नजरमा उहाँ प्रिय बन्न सक्नुभयो।




