राष्ट्रपति रामचन्द्र पौडेल अहिले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको दस्तावेज पेस हुँदैछ ।

कार्यक्रममा दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु लगायत उपराष्ट्रपति रामसहायाप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पुरानो सरकारी उद्योग संचालनदेखि स्थानीय तह वालि उत्पादन सम्मका नीति तथा कार्यक्रम रहेको छ ।