संसद अवरुद्धबारे प्रचण्ड, ओली र लामिछानेबीच छलफल
२०८१ जेष्ठ २, बुधबार २०:०८
सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रासपाका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर समसामयिक विषयमा छलफल भएको छ ।साथै रोकिएको संसदलाई सञ्चालनमा ल्याउने पनि छलफल गरे ।
बैठकमा रासपा अध्यक्ष एवं उपप्रधानमन्त्री लामिछानेले आफूमाथि सदनमा आरोप लागेपछि संसदमा बोल्न दिनु पर्ने विषय प्रधानमन्त्री प्रचण्ड र नेता ओलीसमक्ष उठाएको बताए ।
‘मेरो बारेमा प्रश्न उठेपछि मैले सदनमा बोल्ने मौका पाउनु पर्छ, मेरो जवाफ चित्तबुझ्दो नआएमा कांग्रेसले विरोध गर्ने अधिकार प्रयोग गर्न सक्छ, जसको म सम्मान गर्छु’,भनी उपप्रधानमन्त्री लामिछाने राखे ।




