स्थानीय र पश्चिमी वायुको मिश्रणले अहिले नेपालको मौसममा प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
तर, कोशी, गण्डकी, वाग्मती र कर्णालीका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । दिउँसोपछि कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सफा हुने महाशाखाले जनाएको छ ।
यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत वाग्मती, गण्डकी र कर्णाली क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।