नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको त्रिशूली थ्रीबी हब स्टेशनको उद्घाटन गरिएको छ ।

सबस्टेसनको क्षमता २२०/१३२/३३ केभी छ।

यस्तै किस्पाङ गाउँपालिकाको भल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत वितरण सबस्टेसनको पनि शुक्रबार उद्घाटन गरिएको छ । आयोजनाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीकरण कार्यक्रम अन्तर्गत सबस्टेसन निर्माण गरिएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयोगका उपमहानिर्देशक मिरियम फेरान, नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज र इयु इन्भेष्टमेण्ट बैंकका निर्देशक थौराया सहभागी थिए । साथै तिनैजनाले संयुक्त रुपमा सबस्टेसनको उद्घाटन गरेका हुन् ।

 १०४ रोपनी (एक रोपनी बराबर ५४७६ वर्ग फिट) मा फैलिएको त्रिशूली थ्रीहब स्टेसनको लागत एक अर्ब ९७ करोड रुपैयाँ छ भने भल्चे सबस्टेसनको कुल लागत ४२ करोड ९० लाख रुपैयाँ छ ।

बलाचे सबस्टेसन सहित ३३ केभी प्रसारण लाइनको विद्युतीकरण कार्यक्रमको लागत ४२९.३ मिलियन रुपैयाँ रहेको छ । सवस्टेसनबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।