प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनका प्रमुख दलहरुबीच सहकारीमा भएको भ्रष्टाचारको छानबिन गर्न छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) गरी चार दलको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

बैठकमा कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा टर्म अफ रेफरेन्स (टिओआर) को मस्यौदा तयार गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रमुख दलहरु छानबिन समिति गठन गर्न सहमत भएको र पहल कार्यदलले गर्ने बताए ।

उनले कार्यदलले आइतबार बिहानदेखि टर्म अफ रेफरेन्स (टिओआर) मा काम सुरु गर्ने बताए ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली, गृहमन्त्री एवम् राप्रपाका अध्यक्ष रवि लामिछाने, कांग्रेस सभापति शेरबहादुर देउवा, महासचिव गगन थापा, राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।