नेप्से परिसूचक ४५.६९ वढ्याे
२०८१ जेष्ठ ६, आईतवार १८:४७
नेपाली अर्थतन्त्र सुधारकाे संकेत स्वरूप साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुग्याे । एक करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भयो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अङ्कले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।
चार लघुवित्तहरू सबैको, आत्मनिर्भर, सामुदायिक र नेरुडे मिर्मिरेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।




