प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

विश्वासको मतका लागि विहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल (जसपाएन)ले सत्तारुढ गठबन्धन छाडेर दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिइरहेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार कुनै दलले सरकारबाट दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत लिन प्रतिनिधिसभाको कुल सदस्य संख्याबाट १३८ मत चाहिन्छ।