वीरगन्ज महानगरले ४० करोड राजस्व संकलन
२०८१ जेष्ठ ८, मंगलवार ०९:५१
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा झण्डै ४० करोड रुपैयाँ राजश्व संकलन गरेको छ । ३९ करोड ८० लाख संकलन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ करोड ८० लाख रुपैयाँले राजस्व संकलन बढेको छ ।
वीरगन्ज महानगरपालिका कार्यालयका राजस्व महाशाखा प्रमुख मनोज कर्णले भने ७० करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको बताए । विद्यमान बजेट गत जनवरीमा परिमार्जन गरिएको थियो ।
‘आर्थिक मन्दीका कारण व्यापारिक गतिविधिमा ह्रास आएको छ, जसले राजस्व सङ्कलनमा स्पष्ट असर पारेको छ,’ उनले वताए ।
त्यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा ५ सय रुपैयाँ जग्गा कर उठाउने लक्ष्य राखे पनि अहिले लक्ष्य पूरा गर्न कठिन भएको बताए ।
‘रियल्टी व्यवसायमा मन्दी आएकाले यस्तो भएको हो । अहिलेसम्म १३ करोड ९० लाख संकलन गर्न सफल भएका छौँ ,’ उनले आन्तरिक राजस्वको लक्ष्य पूरा गर्न नसक्दा स्रोत व्यवस्थापन गर्न गाह्रो भएको बताए ।
महानगरले २४ वटा शीर्षकमा आन्तरिक राजस्व संकलन गर्दै आएको छ ।




