बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपाललाई एकै ठाउँमा ल्याउने, महामहिम राजा चार्ल्सले युवा राजकुमारका रूपमा हिमालयको फेदमा पदयात्रा गर्नुदेखि शैक्षिक गठबन्धन र नेपाली डायस्पोराले गरेको ठूलो योगदानसम्म रहेको बताएका छन् ।

बेलायत–नेपाल मैत्री सन्धिको सय वर्ष पूरा भएको उपलक्ष्यमा गत मे २० गते १० नम्बर डाउनिङ स्ट्रिटमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सुनकले नेपाल–बेलायत मित्रताको सबैभन्दा ठूलो प्रतीकका रुपमा रहेका गोर्खाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । र यो बन्धन साँच्चै अद्वितीय छ भन्ने प्रमाण हो, काठमाडौंस्थित बेलायती दूतावासले आज जारी गरेको मिडिया नोटमा उल्लेख छ।

उनीहरुको साहस, निष्ठा र बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले गोर्खाको सेवाले दुई राष्ट्रबीचको गहिरो सम्बन्धको सम्झना र ती सम्बन्धलाई निरन्तरता दिने वाचा गरेको बताए ।

जलवायु परिवर्तन विरुद्ध लड्न बेलायत र नेपाल साझेदार भएको उल्लेख गर्दै उनले ४०० मिलियन पाउण्डको सहयोगले नेपाललाई जनता र स्वच्छ उर्जाको सम्भाव्यता र विपद्बाट उत्पन्न चुनौतिलाई पार गर्नका लागि सदुपयोग गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल–बेलायत सम्बन्धका दिग्गज सांसद, नेपाली नायिका मनिषा कोइराला, गोर्खा, हरि बुढाजस्ता पर्वतारोही, नागरिक समाजका सदस्य तथा नेपाली डायस्पोराका सदस्यहरुको सहभागिता रहेको थियो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सय वर्षअघि हस्ताक्षर भएको सिंहदरबार स्टेट हलको ऐतिहासिक कोठामा सन्धि मनाएको बताए । “हामी यसलाई प्रधानमन्त्रीको सरकारी निवासमा नेपालका लागि यो पहिलो स्मृति समारोहको उपयुक्त समापनको रूपमा लिन्छौं,” उनले थपे।

बेलायतको इन्डो-प्यासिफिक राज्यमन्त्री एनी-मारी ट्रेभल्यानले काठमाडौंको सिंहदरबारमा हस्ताक्षर भएको मौलिक सन्धिको प्रतिलिपी राखिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो